बाजुरा : नेपाल सरकार शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्तिको एमबीबीएसमा नाम निकालेका गौमुल गाउँपालिका ३ धल्काँडा बिक्कल बोहरालाई गाउँपालिकाले बधाई दिएको छ । बुधबार उपाध्यक्ष सीता थापाको कार्यकक्षमा थप अध्ययन सफलताको शुभकामनासहित बधाइ ज्ञापन गरिएको हो ।
उपाध्यक्ष थापा, वडाध्यक्ष कलक सिंह, देव बहादुर रोकाया, देबेन्द्र बहादुर रोकाया, अमर विक, गोरख बोहरा, प्रकाश रोकाया र प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले खादा, माला र अविर लगाएर बोहरालाई बधाई तथा प्रगतिको शुभकामना दिएका हुन् ।
उपाध्यक्ष सीता थापाले सामान्य घरपरिवारमा हुर्केर सरकारी विद्यालयमा पढेर एमबीबीएस अध्ययनमा प्रवेश गरेको खुशी व्यक्त गर्दै एक जनशक्ति उत्पादनले गाउँपालिकाको मात्र नभएर बाजुरा जिल्लाकै शिर उच्चो भएको बताएकी छन् ।
शेर बहादुर बोहराका छोरा बिक्कलले कक्षा १ देखि ५ सम्म धल्काँडाको थुमथला आवि, ६ कक्षा बालविकास मावि माझपाली र कक्षा ७ देखि १० सम्म मालिका माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । भने एसईईमा उनले उत्कृष्ट अंक ल्याउँदै बाजुरा टपेका थिए ।
बोहराले उच्च शिक्षा कक्षा ११ देखि कक्षा १२ सम्म विश्व निकेतन त्रिपुरेश्वर काठमाण्डौ अध्ययन गरेका हुन् । सरकारी विद्यालयमै अध्ययन गरी नेपाल सरकार शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्तिको एमबीबीएसमा नाम निकाल्न सफल भएको हुन् ।
बिक्कलल निजि विद्यालयमा मात्र पढेर शिक्षा हासिल गर्न सकिन्छ भन्ने अहिलेको सामाजिक परिवेशलाई सरकारी विद्यालयमा अध्ययनले पनि सफल भईन्छ भन्ने गतिलो उदाहरण बनेका छन् ।





प्रतिक्रिया