गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०२:१३

गौमुलमा बाख्रा वितरण, व्यवसायी बन्न वडाध्यक्ष रोकायाको आग्रह

गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक २९, २०८२
गौमुलमा बाख्रा वितरण, व्यवसायी बन्न वडाध्यक्ष रोकायाको आग्रह

बाजुरा : गौमुल गाउँपालिकामा बाख्रा वितरण गरिएको छ । गौमुल गाउँपालिकाको समन्य तथा विएमजेट टिडीएच जर्मनी, मानव शंसाधन केन्द्र एचआरसीद्धारा सञ्चालित बालबालिकाका लागि शैक्षिक न्याय तथा सम्मान अवसर परियोजनाको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको हो ।

गाउँपालिकाका सबै वडाका गरी २५ घरपरिवारलाई प्रत्येकलाई ३ को दरले ७५ वटा बाख्रा वितरण गरिएको जिविकोपार्जन परियोजना अधिकृत अर्जुन शाहीले बताएका छन् । बालबालिकाको शैक्षिक अवस्था माथि उकास्नका लागि जमुना पारि जातका बाख्रा वितरण गरिएको हो । 

बाख्रा पालनबाट किसानको आर्थिक जीवनस्तर माथि उठाउन र व्यवसायीमा आकर्षण गराउँने उद्देश्यसहित बाख्रा वितरण गरिएको एचआरसी बाजुराका अध्यक्ष निर बहादुर शाहीले बताएका छन् । 

बाख्राको ९० प्रतिशत विमा दिईने भएको छ । भने बाख्रा हेरालो अर्थात गोठालोलाई १ वर्ष बाख्रा हेर बाफत २ लाख संस्थाले सहयोग गर्ने र त्यपछि आफैले व्यहोर्नुपर्ने उनले बताए ।

बाख्रा पाएको उनीहरुलाई यसभन्दा अघि नै तालिम दिईसको थियो । आज एक औपचारिक कार्यक्रमकाबीच गौमुल गाउँपालिका प्रवक्ता एवं वडा नं.२ का वडाध्यक्ष देव बहादुर रोकायाले किसानलाई हस्तान्त्रण गरेका थिए । 

कार्यक्रममा उनले किसानलाई व्यवसायी बन्दै बाख्रा पालनबाट आर्थिक लाभ लिन अग्रह गरेका छन् । गाउँपालिका प्रवक्ता समेत रहेका रोकायाले बाख्रा पालनबाट आफ्नो व्यवसायीकता बढाई आर्थिक जीवनस्तर माथि उठाई अरुलाई पनि त्यसतर्फ केन्द्रीत गराउँन अपिल गरेका छन् । 

कार्यक्रममा गौमुल गाउँपालिका वडा नं.१ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया, २ का वडाध्यक्ष देव बहादुर रोकाया, एचआरसी बाजुराका अध्यक्ष निर बहादुर शाही, जिविकोपार्जन परियोजना अधिकृत अर्जुन शाही लगायतको उपस्थित रहेको थियो । 

प्रतिक्रिया