गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ ०९:४८

काठमाण्डौंमा बाजुरा युथ कनेक्टद्वारा सेभन-ए-साइड फुटसल प्रतियोगिता हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक २७, २०८२
काठमाण्डौंमा बाजुरा युथ कनेक्टद्वारा सेभन-ए-साइड फुटसल प्रतियोगिता हुने

बाजुरा ः बाजुरा युथ कनेक्टको आयोजनामा काठमाडौँमा जिल्ला स्तरीय सेभन-ए-साइड खुला फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको छ । काठमाडौँको कीर्तिपुरस्थित मच्छेनारायण फुटसलमा हुने उक्त प्रतियोगिता आगामी कार्तिक २८ गते बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम संयोजक बिमल रोकायाले जानकारी दिएका छन् ।

“खेलकुद मार्फत एकता र नेतृत्वको विकास, बाजुरा युथ कनेक्ट बाजुराको पहल” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको उद्देश्य युवाबीच एकता, सञ्जाल विस्तार र नेतृत्व विकासमा सहयोग पुर्याउने रहेको संयोजक रोकायाले बताएका छन् ।

उनका अनुसार, राष्ट्रिय नारा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” लाई आत्मसात गर्दै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु.४१,१११ नगद, मेडल र प्रमाणपत्र ट्रफी प्रदान गरिनेछ भने द्वितीय हुने टोलीले रु. १८,१११ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

साथै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकलाई पनि विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । बाजुरा युथ कनेक्टले यसअघि पनि विभिन्न सामाजिक, शैक्षिक र नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा खेलकुद मार्फत युवामा सकारात्मक सोच र सहकार्यको भावना विकास गर्न निरन्तर कार्यक्रम अघि बढाइने भएको छ ।

प्रतिक्रिया