बाजुरा : बडीमालिका नगरपालिकाका तीन वटा वडाका माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरुले ओसिएमसीको भ्रमण गरेका छन् । वडा नं.२, ३ र ७ का माध्यमिक विद्यालयका शिक्षक, साथी सहजकर्ता, रुपान्तरण कक्षाका सहभागि किशोर किशोरी तथा अभिभावकहरुले संयुत रुपमा ओसिएमसी तथा ‘सेफ हाउसको अवलोकन गरेका हुन् ।
लैंगिक हिंसा सम्बन्धी सेवा र संरक्षण प्रणालीबारे प्रत्यक्ष जानकारी गराउँने उद्देश्यसहित युएनएफपिए नेपालको आर्थिक सहयोग र पीसविन नेपालको समन्वयमा भ्रमण कार्यक्रमको आयोजना गरिएको हो ।
भ्रमणका क्रममा ओसिएमसीकी फोकल पर्सन निशा कुमारी, सन्तोषी दानी प्रमेश्वरी शाहीले ओसिएमसीबाट उपलब्ध गराइने सेवाका विषयमा जानकारी गराएकी थिइन् । उनीहरुले हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरुलाई प्रदान गरिने सेवा, संरक्षण, स्वास्थ्य तथा मनोसामाजिक सहयोग बारेमा सहभागिहरुलाई विस्तृत जानकारी दिएकी थिइन् ।
कार्यक्रममा सहभागि रुपान्तर समूहका सदस्यहरुलाई ओसिएमसीको प्रक्रियात्मक व्यवस्था र पहुँचका बारे समेत जानकारी गरेका गराएका थिए । त्यस्तै ‘सेफ हाउस’ की सीता विकले सुक्षिरत आवासमा उपलब्ध सेवा, राहत तथा पुर्नःस्थापन प्रक्रियाबारे अभिमुखिकरण गरेक थिइन् ।
अभिमुखिकरण कार्यक्रममा उनले हिंसा पीडितहरुका लागि सुरक्षि वातावरण, मनोसामाजिक समर्थन तथा आवश्यक सहयोग प्रणलीको महत्वका विषयमा जानकारी गराईएको बताएकी छन् ।
कार्यक्रममा पीसविन नेपालका पालिका अधिकृत कृष्ण बोहराले लैंगित हिंसा रोकथाम तथा प्रतिकार्यमा स्थानीय, विद्यालय, किशोर किशोरी र अभिभावकहरुबीच सहकार्य अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । उनले समुदाय स्तरमै सचेतना र समन्वय बढेमा हिंसाका घटना घट्दै जाने र पीडितले समयमै सेवा पाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया