बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका-१० पाण्डुसैनस्थित साँफे-मार्तडी खडक अन्र्तगत पाण्डुसैनमा शनिबार दिउँसो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मार्तडीदेखि कोल्टी जादै गरेको जिप गौमुल गाउँपालिका ६ का २१ वर्षीया चालक तुलाराम चदाँराले चलाएको भे १ च ७८७ नम्बर जिप एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
जिपमा ८ जना सवार थिए । जसमध्ये दुर्घटनामा परि चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा चालक तुलाराम चदाँरा दाहिने हातमा सामान्य चोट, बडीमालिका नगरपालिका-७ का ४२ वर्षीया शंकरराज जैशी छाती, हात र टाउँकोमा चोट लागेकाे प्रहरीकाे भनाइ छ ।
त्यस्तै बुढीनन्दा नगरपालिका १ बस्ने ५३ वर्षीया सेते लुहारकाे गर्धन र पठ्युमा चोट, वडा नं.३ का ५३ वर्षीया जंगविर सार्कीको छाती र शरिरमा चोट, सोही वडाका ४४ वर्षीया जयलाल विककाे टाउँकाे, छाती र हातमा चाेट, र बडीमालिका नगरपालिका ७ का ३२ वर्षीया जयराज जैशी पनि घाइते भएका छन् ।
चालक बाहेक ५ जना घाइतेकाे बुढीनन्दास्थित काेल्टी आधारभूत अस्पतालमा उपचार भइरहेकाे छ । उनीहरकाे अवस्था भने सामान्य रहेकाे र दुर्घटनाकाे बारेमा थप अनुसन्धना भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया