गाैमुल खबर डटकम शनिबार १५, कार्तिक २०८२ ०१:३६

आज रातिदेखि भारी वर्षाको सम्भावना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक १३, २०८२
आज रातिदेखि भारी वर्षाको सम्भावना

बाजुरा ःबिहीबार दिनभर मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा ४० मिलिमिटर वर्षा भएको हो ।

'यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ,' विभागका मौसमविद् सञ्जीव अधिकारीले भने, 'आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।'

आज दिनभर बागमती, कोशी, मधेश प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उनले जानकारी दिए ।

गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ । बुधबारदेखि परेको वर्षा शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ ।

यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ । नेपालमा पदयात्राका लागि जाँदा मौसमबारे जानकारी लिएर हिँड्न अनुरोध विभागले गरेको छ । काट्न बाँकी धान मौसमको अवस्था हेरेर मात्रै काट्न मौसमविद्‌ले सुझाव दिएका छन् ।

प्रतिक्रिया