बाजुरा : गौमुल गाउँपालिका वडा नं.४ का वडाध्यक्ष अमर बहादुर विकले बालबालिकाको सुनौलो भविष्यका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताएका छन ।
दशैंतिहार तथा छठ पर्वको विदापछि विद्यालयमा कार्तिक ११ गतेदेखि नियमित पठनपाठन भएको र बालबालिकालाई विद्यालय पठाउँन सामाजिक सञ्जाल मार्फत आग्रह गर्दै बालबालिकाको सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु हामी सबैको साँझा जिम्मेवारी भएको बताएका हुन् ।
कीर्तिचौर माध्यमिक विद्यालयका विव्यस अध्यक्ष समेत रहेका विकले बालबालिकाको उज्जवल भविष्य निर्माणका लागि अभिभावक, विद्यालय र समुदाय सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।
विद्यालयले बालबालिकालाई विदा अवधिमा दिएको गृहकार्य पुरा गर्यो या गरेन भनेर यथाशीघ्र जानकारी लिइँ समयमै विद्यालयमा पठाउँन सम्पूर्ण अभिभावकलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया