गाैमुल खबर डटकम बुधबार १२, कार्तिक २०८२ ०१:२३

खेललाई मित्रताका रुपमा बुझ्न समन्वय प्रमुख रोकायाको आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक ११, २०८२
खेललाई मित्रताका रुपमा बुझ्न समन्वय प्रमुख रोकायाको आग्रह

बाजुरा ःजिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले खेललाई प्रतिस्पर्धा भन्दा पनि मित्रता र एकताको माध्यमका रूपमा बुझ्न खेलाडीहरूलाई आग्रह गरेका छन् ।

गौमुल गाउँपालिकाले पहिलो पटक आयोजना गरेको ‘प्रथम खुला गौमुल कप सेभन ए-साइड फुटबल प्रतियोगिता-२०८२’ को समापन कार्यक्रममा बोल्दै प्रमुख रोकायाले खेलले आपसी समझदारी, सहकार्य र भाइचाराको भावना विकास गर्न मद्दत पुर्याउने बताएका छन् ।

उनले भने, “खेलाडीबीचको मित्रता र पहिचान बढाउने पुलका रूपमा खेललाई हेर्नुपर्छ ।” समृद्ध गौमुल गाउँपालिकाको विकासका लागि खेलकुद पनि एक महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै उनले ‘गौमुल कप’ जस्तो प्रतियोगिताले स्थानीय विकास र समृद्धिमा अर्को इँटा थपेको बताए ।

कार्यक्रममा सहभागी सबै टोलीहरूले प्रतिशोध होइन, मैत्रीपूर्ण वातावरणमा खेल खेलेको भन्दै रोकायाले धन्यवाद ज्ञापन गरे । भौगोलिक चुनौतीका बाबजुद स्थानीय सरकारले खेलमैदानको व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै उनले गाउँपालिकाको केन्द्र घट्मुनास्थित मैदानलाई थप व्यवस्थित बनाउन सुझाव पनि दिएका छन् ।

उनका अनुसार यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटन गर्न, एकअर्काबाट सिक्ने अवसर प्रदान गर्न र स्थानीय सरकारलाई खेल पूर्वाधार निर्माणमा सक्रिय हुन प्रेरित गर्ने बताएका छन् । 
 

प्रतिक्रिया