गाैमुल खबर डटकम मङ्गलबार ११, कार्तिक २०८२ ०१:३४

गौमुल गाउँपालिकामा पहिलो ‘गौमुल कप सेभन ए-साइड फुटबल’, क्वाटर फाइनलका खेलहरु सञ्चालन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, कार्तिक १०, २०८२
गौमुल गाउँपालिकामा पहिलो ‘गौमुल कप सेभन ए-साइड फुटबल’, क्वाटर फाइनलका खेलहरु सञ्चालन

बाजुरा ः गौमुल गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम खुला गौमुल कप सेभन ए-साइड फुटबल प्रतियोगिता’ जारी रहेको छ ।  शनिबारदेखि सुरु भएको प्रतियोगितामा क्रियटिभ युथ क्लबको आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो ।

आयोजक समितिका संयोजक सुरेश रोकायाका अनुसार प्रतियोगिताको तेस्रो दिन सोमबार विभिन्न ७ वटा खेलहरुबीच रोमाञ्चक प्रतिस्पर्धा भएका छन् । जसमा ४ वटा लिक चरणका र ३ वटा क्वाटर फाइनलका खेलहरु सञ्चालन गरिएको छन् । पहिलो चरणमा दहकोट युथ क्लब र संगम युवा क्लब सटेटाबीच भएको थियो ।

त्यसपछि क्रियटिभ युथ क्लब लेज्यान्ट र क्रियटिभ युथ क्लब आयोजक ए बीच भएको हो । केपी बा स्पोर्ट्स क्लब र क्रियटिभ युथ क्लब लेज्यान्टबीच खेल सम्पन्न भएका हुन् । लगत्तै सिवाईसी ए र रानीवन स्पोटर््स क्लबबीच लिग चरणमा प्रतिस्पर्धा भएको थियो ।

यसैबीच आज भएको क्वाटर फाइनलको प्रतिस्पर्धामा क्रियटिभ युथ क्लब बी र मानाकोट युथ क्लबबीच भएको थियो । त्यस्तै जुगाडा युथ क्लब र राईजिङ स्टार क्लब मानाकोटबीच भएको थियो भने केपी बा स्पोर्ट्स क्लब र दहकोट युवा क्लबबीच प्रतिस्पर्धा भएको हो ।

खेलबाट ८ वटा टीम बाहिरिएका छन् । क्वाटर फाइनल अन्तर्गत क्रियटिभ युथ क्लब ए र संगम युवा क्लब सटेडाबीच मंगलबार बिहान ७ बजे प्रतिस्पर्धा हुनेछ भने सेमिफाइनलका खेलहरु पनि सञ्चालन हुने गरी तयारी भएको छ ।

मंगलबार नै सबै खेलहरु समापन हुने आयोजकको भनाई रहेको छ । यस प्रतियोगिताले गाउँपालिका तथा जिल्ला भित्रका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया