गाैमुल खबर डटकम सोमबार १०, कार्तिक २०८२ १०:०७

आज रातिदेखि ३ प्रदेशमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, कार्तिक १०, २०८२
आज रातिदेखि ३ प्रदेशमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडाैं ः आज रातिदेखि बुधबार बिहानसम्म देशको विभिन्न भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आगामी ३ दिन देशको विभिन्न भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै बुधबार बिहानसम्म विशेषगरी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । मौसम प्रणालीको प्रभावले आज रातीदेखि १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भाग एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ । सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जन-जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ । यतिबेला किसानहरुकाे  धान काटेर  भित्र्याउने बेला भएकाले  महाशाखाले  सचेत हुन आग्रह गरेकाे हाे ।

प्रतिक्रिया