गाैमुल खबर डटकम आइतबार ०९, कार्तिक २०८२ ०१:१४

जेन-जीदेखि सबै पुस्ता मिलेर देश विकासमा लाग्नुपर्नेमा अध्यक्ष रोकायाको जोड

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक ०८, २०८२
जेन-जीदेखि सबै पुस्ता मिलेर देश विकासमा लाग्नुपर्नेमा अध्यक्ष रोकायाको जोड

बाजुरा ः गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जेन-जी पुस्तादेखि सबै पुस्ता एकताबद्ध भएर देशको विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

गाउँपालिकामा सुरु भएको प्रथम ‘पालिका कप’ फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष रोकायाले खेलकुद मात्र नभई युवा पुस्ताले देशको संविधान, राजनीतिक परिस्थिति, कानून र विधिको शासनबारे समेत गहिरो ज्ञान हासिल गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार विधि र कानूनको पालना गर्दै अघि बढेमा कुनै पनि प्रकारको विध्वंसकारी अवस्था सिर्जना हुँदैन । “देशको विकासका लागि सबै पुस्ताको सहभागिता आवश्यक छ । युवा पुस्ताले खेलकुदसँगै सामाजिक र बौद्धिक क्षेत्रमा पनि योगदान दिनुपर्छ,” उनले भने ।

अध्यक्ष रोकायाले एउटा खेल खेल्नका लागि पनि नियम आवश्यक हुने जस्तै देश सञ्चालनका लागि संविधान र कानून अपरिहार्य हुने बताए । उनले हरेक पुस्ताले यी आधारभूत कुराहरू बुझेर सकारात्मक परिवर्तनको भावना विकास गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार खेलकुदले शारीरिक स्फूर्ति मात्र होइन, सामाजिक एकता र अनुशासन पनि सिकाउँछ, जसले विकास र सुशासनको आधार तयार पार्न सहयोग पु¥याउँछ ।
 

प्रतिक्रिया