गाैमुल खबर डटकम आइतबार ०९, कार्तिक २०८२ ०१:०२

गौमुल गाउँपालिकामा ‘देशभरिकै नमूना कप’ आयोजना गर्ने अध्यक्ष रोकायाको घोषणा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक ०८, २०८२
गौमुल गाउँपालिकामा ‘देशभरिकै नमूना कप’ आयोजना गर्ने अध्यक्ष रोकायाको घोषणा

बाजुरा ः गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले आगामी वर्षदेखि गाउँपालिकामा “देशभरिकै नमूना कप” आयोजना गर्ने घोषणा गरेका छन् ।

गाउँपालिकामा सुरु गरिएको प्रथम ‘पालिका कप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष रोकायाले भूगोल र पूर्वाधारका चुनौतीबीच पनि स्थानीय सरकारले योजनाबद्ध रूपमा खेलकुदको विकासमा जोड दिइरहेको बताएका छन् ।

उनका अनुसार गाउँपालिकाले खेलमैदानको व्यवस्थापन गर्दै बृहत्तर खेलकुद कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । “हाम्रो उद्देश्य गाउँभित्र लुकेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्नु र उनीहरूलाई अवसर प्रदान गर्नु हो,” अध्यक्ष रोकायाले भने ।

गौमुल गाउँपालिकाद्वारा आयोजना गरिएको प्रथम खुला सेभेन ए–साइड गौमुल कप फुटबल प्रतियोगिताले गाउँपालिकाको गौरव बढाएको उल्लेख गर्दै उनले खेलकुदले युवामा ऊर्जा, अनुशासन र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले खेलकुद युवालाई सिर्जनात्मक तथा सकारात्मक कार्यमा प्रेरित गर्ने प्रभावकारी माध्यम भएको बताउँदै भने, “खेलकुदमार्फत सामाजिक एकता, भाइचाराको भावना र स्वस्थ समाज निर्माणको सन्देश फैलियोस् भन्ने हाम्रो चाहना हो ।”
 

प्रतिक्रिया