गाैमुल खबर डटकम शनिबार ०८, कार्तिक २०८२ १०:५१

प्रतिभाशाली खेलाडी पहिचान गर्ने उद्देश्य : अध्यक्ष रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक ०७, २०८२
प्रतिभाशाली खेलाडी पहिचान गर्ने उद्देश्य : अध्यक्ष रोकाया

बाजुरा ः गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकामा पहिलो पटक आयोजित ‘प्रथम खुला गौमुल कप सेभेन ए-साइड फुटबल प्रतियोगिता’ को मुख्य उद्देश्य गाउँभित्रका प्रतिभाशाली खेलाडीहरू पहिचान गर्नु रहेको बताएका छन् ।

उनका अनुसार यस प्रतियोगिताले गाउँपालिकाको गौरव बढाएको छ र खेलकुदले युवामा ऊर्जा, अनुशासन र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

अध्यक्ष रोकायाले भने, “गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको छ । आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिइनेछ ।”

उनले युवालाई सिर्जनात्मक र सकारात्मक कार्यमा लाग्न प्रेरित गर्न खेलकुदले प्रभावकारी माध्यमको काम गर्ने बताउँदै भने, “खेलकुदमार्फत सामाजिक एकता, भाइचाराको भावना र स्वस्थ समाज निर्माणको सन्देश फैलियोस् भन्ने हाम्रो चाहना हो ।”

अध्यक्ष रोकायाले गौमुल कप जस्ता प्रतियोगिताबाट स्थानीय स्तरका प्रतिभाशाली खेलाडीहरू पहिचान हुने र उनीहरुलाई ठूला प्रतियोगितामा सहभागी हुने अवसर प्रदान हुने विश्वास व्यक्त गरेका छन् । 
 

प्रतिक्रिया