बाजुरा : बुढीनन्दा नगरपालिकामा रहेको साइनिङ्ग स्टार युथ क्लबले आयोजना गरेको प्रथम बुढीनन्दा कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि मदन स्मृति युथ क्लब जगन्नाथ गाउँपालिका गोत्रीले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा आयोजक साइनिङ्ग स्टार युथ क्लबलाई हराउँदै गोत्रीले प्रथम बुढीनन्दा कप २०८२ उचालेको हो । उपाधि जितेपछि गोत्रीले ३० हजार नगद, मेडलसहित प्रमाण पत्र हात पारेको आयोजकले जनाएको छ ।
उपविजेता बनेको साइनिङ्ग स्टारले २० हजार नगद, मेडल प्रमाण पत्र हात पारेको छ । भने तेस्रो भएको विश्वकर्मा समाज सुधार युवा क्लब बाहुनीले १० हजार नगद, प्रमाण पत्र प्राप्त गरेको छ ।






प्रतिक्रिया