गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८२ ०७:४०

जेनजी आन्दोलनमा दाङ अदालत जोगाएकी सहायक हवल्दार संगीताको विशेष बढुवा

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ३१, २०८२
जेनजी आन्दोलनमा दाङ अदालत जोगाएकी सहायक हवल्दार संगीताको विशेष बढुवा

काठमाडौं : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङमा सम्भावित आगजनी र तोडफोड हुनबाट जोगाएकी प्रहरी सहायक हवल्दार संगीता अधिकारीलाई एक तह बढुवा गरिएको छ ।

७०औँ प्रहरी दिवसको अवसर पारेर प्रहरी प्रधान कार्यालयले संगीता अधिकारीको विशेष योगदानको कदर गर्दै उनलाई सम्मान स्वरूप विशेष बढुवा गरेको हो ।

उनलाई प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । त्यस्तै, आन्दोलनका क्रममा घाइते प्रहरी तथा सर्वसाधारणको उद्धारमा सक्रिय भूमिका निर्वाह गरेका काठमाडौँ महाराजगञ्ज प्रहरी वृत्तका असई हेमबहादुर विकलाई पनि एक तह बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया