गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८२ ०७:४३

मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी राजीनामा दिन्नँ : ओली

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ३१, २०८२
मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी राजीनामा दिन्नँ : ओली

काठमाडौं ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पारेका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उनले बताएका छन् । ‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ ओलीले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ ।

त्यो पूरा नगरी छाड्दिनँ ।’ उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताए । ‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला । प्रतिनिधिहरूसँग फैसला मागौंला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔं । मित्रताका साथ जाऔं ।’

प्रतिक्रिया