गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:५४

जनैपूर्णिमाको अवसरमा बडीमालिकामा मेला

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १५, २०८०
जनैपूर्णिमाको अवसरमा बडीमालिकामा मेला

बाजुरा: बाजुरा जिल्लामा रहेको बडीमालिकामा जनैपूर्णिमाको अवसरमा यस वर्ष पनि मेला लागेको छ। भाद्र ११ गते देखि १४ गतेसम्म जनै पूर्णिमाको मेला लागेको हो।

बडिमालिका मेलाका लागि बाजुरा, अछाम, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए। सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेका छन्। 

समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका जान बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिन पैदलयात्रा गर्नुपर्छ। यात्रा सुरु हुँदादेखि नै गाउँलेले बाटोमा पुजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामना गर्छन्।

बाटोमा खाने बस्ने व्यवस्था नभएको उक्त क्षेत्रमा जनैपूर्णिमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन्। बडिमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वास छ। 

प्रतिक्रिया