गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८२ ०७:४०

राज्यको सम्पत्ति ध्वस्त गर्नेलाई कारबाही गर्न नेविसंघ बाजुराको माग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ३१, २०८२
राज्यको सम्पत्ति ध्वस्त गर्नेलाई कारबाही गर्न नेविसंघ बाजुराको माग

बाजुरा ः नेपाल विद्यार्थी संघ बाजुराले भदौ २३ र २४ गते काठमाडौं सहित देशभर भएको भ्रष्टाचार  लगायतको विषयको आन्दोलनमा तोडफोड र आगजनीका घटनामा संलग्न रहेका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कारबाही  गर्न माग गरेको छ ।

नेविसंघको केन्द्रीय सर्कुलर अनुसार नेविसंघ बाजुराले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल मार्फत अन्तरिम सरकारसंग सरकारी संरचना र पार्टीका नेताहरुको घर जलाएर ध्वस्त पार्नेलाई कारबाही गर्न माग सहित ज्ञापन पत्र बुझाएको नेविसंघ बाजुराका अध्यक्ष जनक थापाले बताएका छन् ।

आन्दोलनका नाममा सरकारी सम्पत्ति जलाएर ध्वस्त पारिएको र राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सहितका सरकारी संरचना ध्वस्त पार्नेलाई पक्राउ गरी कारबाही गर्न भनिएको छ ।

नेविसंघ बाजुराले ६ बुँदे माग सहित जेन-जी आन्दोलनमा भएका संरचनाहरु ध्वस्त पार्नु र सांघातिक रुपमा पार्टीका नेताहरु माथि सुनियोजित रुपमा आक्रमण हुनु निन्दनीय कार्य भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

शुक्रबार नेविसंघ बाजुराका अध्यक्ष थापा सहितको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव बलबहादुर खड्का, नेविसंघ नेता वीरेन्द्र अयडी लगायत लगायतको पनि सहभागीता रहेको थियो ।
 

प्रतिक्रिया