बाजुरा ः घट्मुना-मार्तडी सडकखण्डमा जीप दुर्घटना भएको छ । सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको केन्द्र घट्मुनातर्फ आउदै गरेको जीप बडीमालिका नगरपालिका-२ जुगाडामा दुर्घटनामा परेको हो ।
से १ ज ६२५ नम्बरकाे जीप दुर्घटनामा परेको जय मालिका यातायात प्रा.लि.का उपाध्यक्ष सुरेन्द्र रोकायाले बताएका छन् । दुर्घटनामा जीप चालक गौमुल गाउँपालिका-६ दडीपाटा घर भएका गणेश रोकाया घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको बुझिएको छ ।
प्रतिक्रिया