बाजुरा : गौमुल गाउँपालिका २ को जनज्योति माविको भलिबल प्रतियोगिताको उपाधी संगम स्मृति युवा क्लब सटेडाले जितेको छ । विहीबार भएको फाइनल खेलमा दाजुभाई टोलालाई हराउँदै संगमले उपाधी हात पारेको हो ।
उपाधीसंगै संगमले ३० हजार १ सय ११ राशिको पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितीय दार्जुभाइ गर्जे टोल भएको छ । भने तृतिय स्थान आयोजक टोल दहकोटले हात पारेको छ ।
द्धितीय दाजुभाई गर्जेले १८ हजार १ सय ११ नगद प्रमाण पत्र र तृतिय दहकोटले ८ हजार १ सय ११ नगद सहित प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै महिला तर्फ साइनिङ्ग युवा क्लव अम्लिसले प्रथम स्थान हात परेको छ । प्रथमसंगै १० हजार १ सय ११ नगद सहित प्रमाण पत्र प्राप्त गरेको छ ।
द्धितीय अम्लीस टोलले ७ हजार १ सय ११ र तृतीय दुर्गाली टोलले ३ हजार १ सय ११ नगदसहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिता असोज २८ गतेदेखि सुरु गरिएको थियो । कार्यक्रममा पुरस्कार प्रमुख अतिथि गौमुल गाउँपालिका २ का वडाध्यक्ष देबहादुर रोकाया, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर रोकाया लगायतले हस्तान्त्रण गरेका थिए ।
विद्यालयको आर्थिक पक्ष सुढृढीकरण गर्न र सांगितिक सामाग्री खरिदका लागि चालाएको आर्थिक संकलन अभियानबाट ५ लाख २२ हजार चन्दा संकलन भएको शिक्षक कृष्ण रोकायाले जानकारी दिएका छन् । उनले चन्दा संकलन कार्य जारी रहेकोले आर्थिक थप बढ्ने बताउँदै विद्यालयको हितका लागि सहयोग गर्ने सम्पूर्ण दातालाई सम्मान व्यक्त गरेका छन् ।
कार्यक्रममा यसभन्दा अघि दशैंतिहारको शुभकामना आदान प्रदान, शुभकामना मन्तव्य, विद्यालयका सांगितिक झलक, सामुहिक मौलिक देउडा र स्थानीय कलाकारहरुले बजोड प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया