गाैमुल खबर डटकम शुक्रबार ३१, असोज २०८२ ११:२४

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा पत्रकार रावल नियुक्त

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असोज ३०, २०८२
प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा पत्रकार रावल नियुक्त

बाजुरा ःप्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक हुन्।

उनी नेपालखबर अनलाइनमा सम्पादकको रुपमा कार्यरत थिए। बाजुरामा जन्मिएका रावलले यसअघि ग्यालेक्सी फोरके टेलिभिजनमा सम्पादक थिए। उनले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम लगायत विभिन्न सञ्चार माध्यममा दुई दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन्।

प्रतिक्रिया