गाैमुल खबर डटकम शुक्रबार ३१, असोज २०८२ ११:१९

गौमुल विकास समृद्धिको यात्रा हो : वडा अध्यक्ष सिंह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २९, २०८२
गौमुल विकास समृद्धिको यात्रा हो : वडा अध्यक्ष सिंह

बाजुरा ः गौमुल गाउँपालिका-५ का वडा अध्यक्ष कलकबहादुर सिंहले गौमुल विकास समाज संस्था समृद्धिको यात्रा भएको बताएका छन् ।

गौमुल विकास समाज संस्थाको प्रथम साधारणसभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

साधारण सभा केवल औपचारिकता होइन, समाजको नयाँ यात्राको सुरुवात, एकता, विकास र आत्मनिर्भरताको यात्रा भएको उल्लेख गरेका छन् ।

गौमुल क्षेत्र हाम्रो गौरव हो, यहाँको मिहिनेती जनताको इमानदार प्रयासले यस ठाउँलाई सम्भावनाको भूमिमा रुपान्तरण गरेकामा जोड दिएका छन् ।

विकासको मूल आधार भनेकै सहकार्य, पारदर्शीता र साझा जिम्मेवारी भएकोले गाउँ, समुदाय र व्यक्ति सबैको हितका लागि काम गर्न आग्रह गरेका छन् । 
 

प्रतिक्रिया