बाजुरा ः गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर विकले जनताका चाहाना अझैं पुरा गर्न नसकिएको बताएका छन् ।
गौमुल विकास समाज संस्थाको प्रथम साधारणसभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गौमुल विकास समाजको प्रथम साधारण सभा हाम्रो साझा प्रयास, एकता र विकास प्रतिको अन्तिम चाहना भएकोले ऐतिहासिक सभाको साक्षी हुन पाउनु ठूलो गर्वको विषय भएको बताएका छन् ।
हामी सबैको साझा उद्देश्य आफ्नो गाउँ, समाज र क्षेत्रलाई समृद्ध, सशक्त र सुशासित बनाउनु रहेकोले “गौमुल विकास समाज” यही मार्गमा अघि बढ्ने विश्वास गरेका छन् ।
गौमुल क्षेत्र प्राकृतिक सम्पदा र श्रमशील जनताको जनशक्तिले भरिपूर्ण पालिका भएकोले जनताको जीवनसंग आफुहरु जोडिरहेको बताएका छन् ।
आफ्नो सामथ्र्य र सम्भावनालाई संगठित ढंगले प्रयोग गर्न “गौमुल विकास समाज” को स्थापना भएकोले माहुरी जस्तै कर्मी नागरिकले सही रुपमा प्रयोग गर्ने बताएका छन् ।
विकासको अर्थ केवल भौतिक संरचना निर्माण होइन, समाजमा शिक्षा, स्वास्थ्य, सामाजिक सचेतना र आत्मनिर्भरता बढाउनु समेत भएकोमा जोड दिएका छन् ।
प्रतिक्रिया