बाजुरा ःगौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले गौमुल विकास समाज संस्था एकता र विकासप्रतिको प्रतिबद्धताको प्रतिविम्ब भएको बताएकी छन् ।
गौमुल गाउँपालिकामा रहेको गौमुल विकास समाज संस्थाको प्रथम साधारणसभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
आजको यो ऐतिहासिक दिन हो, गौमुल विकास समाजको प्रथम साधारण सभा समाजको संस्थागत यात्राको सुरुवात मात्र नभई, हाम्रो सामूहिक चेतना, एकता र विकासप्रतिको प्रतिबद्धताको प्रतिविम्ब भएको उल्लेख गरेकी छन् ।
गौमुल क्षेत्र सांस्कृतिक, प्राकृतिक र सामाजिक विविधताको अद्भुत प्रतीक हो । यस क्षेत्रमा रहेका सम्भावना कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा वातावरणीय संरक्षण लगायत क्षेत्रमा समाजले योजना बनाएर जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने योजना स्थानीय सरकार रहेकोमा जोड दिएकी छन् ।
हामीले विकास भन्नासाथ केवल सडक, भवन वा संरचना मात्र बुझ्ने होइन, मानव विकास, सामाजिक सशक्तीकरण र सहकार्यको भावना नै दिगो विकासको आधार भएको समेत उपाध्यक्ष थापाले बताएकी छन् ।
उनले राज्यका तर्फबाट गौमुल विकास समाज संस्थाका अभियान र योजनामा सक्दो सहयोग गर्ने विश्वास दिलाएकी छन् । समाजले पारदर्शी, समावेशी र उत्तरदायी नेतृत्वद्वारा आफ्नो लक्ष्य प्राप्त गरोस् भन्ने शुभकामना पनि व्यक्त गरेकी छन् ।
प्रतिक्रिया