काठमाडौं : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बुधबार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।
प्रतिक्रिया