गाैमुल खबर डटकम मङ्गलबार २८, असोज २०८२ ११:१४

जनज्योति माविमा खुला भलिबल प्रतियोगिता सुरु, ४ लाख चन्दा संकलन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज २८, २०८२
जनज्योति माविमा खुला भलिबल प्रतियोगिता सुरु, ४ लाख चन्दा संकलन

बाजुरा ः गौमुल गाउँपालिका-२ मा रहेको जनज्योति माविमा खुला महिला पुरुष भलिब प्रतियोगिता आजबाट सुरु भएको छ । आज पहिलो दिन औपचारिक कार्यक्रमका साथ सुरु भएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष देवबहादुर रोकायामा रहनु भएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य जवा सार्की, वडा सदस्य देव बोहरा, गीता रोकाया, नेपाली काँग्रेसका नेता हिरेन्द्र रोकाया, एमाले जिल्ला कमिटी सदस्य राजिव रोकाया, माओवादी केन्द्रका नेता महेन्द्र धामी लगायत विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा विद्यालयका विभिन्न नृत्य लगायत बृहत साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको एच.आर.सी.बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले जानकारी दिएका छन् ।

यसअघि सञ्चालन गरिएको विद्यालयको चन्दा संकलन अभियान र  आजको कार्यक्रम सहित गरेर करिब ४ लाख चन्दा समेत संकलन भएको शिक्षक कृष्ण रोकायाले बताएका छन् ।

विद्यालयका शिक्षक लालबहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य प्रधानाध्यापक चक्र ताम्राकारले गरेका हुन् ।

बाँकी रहेका खेलहरु भोलीबाट नियमित सञ्चालन हुने खेल संयोजक विशाल रोकायाले बताएका छन् । आज पहिलो दिन महिला पुरुषका दुई वटा टिममा भलिबल प्रतिस्पर्धा गरिएको छ । खेलमा २० वटा पुरुष र १० वटा महिलाका टिम सहभागि बनेका छन् ।

प्रतिक्रिया