गाैमुल खबर डटकम मङ्गलबार २८, असोज २०८२ १०:५९

विद्यालयको चौतर्फी विकासमा तल्लीन छु : वडा अध्यक्ष रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज २८, २०८२
विद्यालयको चौतर्फी विकासमा तल्लीन छु : वडा अध्यक्ष रोकाया

बाजुरा ः गौमुल गाउँपालिकाका प्रवक्ता एवंम् वडा अध्यक्ष देवबहादुर रोकायाले विद्यालयको चौतर्फी विकासका लागि तल्लीन बताएका छन् ।

गौमुल गाउँपालिका-२ मा रहेको जनज्योति माविले आयोजना गरेको महिला पुरुष खुला भलिबल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि अन्य सर्वपक्षीय विषयमा आफु गम्भीर रहेकोले सबैको साथ सहयोग अनिवार्य हुनेमा जोड दिएका छन् ।

खेलाडीले अनुशासनलाई पालना गर्न जरुरी हुने भएकोले नैतिकवान खेलाडी देशको गहना भएको उल्लेख गरेका छन् । वडा कार्यालयसंगको समन्वयमा आयोजना गरिएको कार्यक्रम समेत भएकोले सफल रुपमा सम्पन्न गर्नका लागि सबैले साथ दिन अनुरोध समेत गर्नुभएको छ । 
 

प्रतिक्रिया