बाजुरा : गौमुल गाउँपालिकामा एक दिने यौन तथा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आज घट्मुना आधारभूत अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर सहीतको निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
गौमुल गाउँपालिकाको समन्वयमा युएनएफपीए र आड्राको आर्थिकको सहयोग तथा रिया परियोजनाको आयोजनामा महिलाहरुको स्वास्थ्यलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा ‘सी’ अनमी रमाा थापाले जानकारी दिएकी छन् ।
शिविरमा स्त्रीरोग विशषेज्ञ डाक्टर कृपा क्षेत्रीको टोलीले पाठेघरको मुखको क्यानसर, पाठेघर खसेका लगायतका समस्याको चेकजाँच गरेर क्यान्सर सम्भावित भएका महिलाहरुलाई मेसिनबाट उपचार गरिएको युनएफपीएका देवेन्द्र शाहले बताएका छन् ।
शिविरबाट ८५ जना महिलाहरुले सेवा लिएका छन् । जस मध्ये पाठेघरको मुखको क्यान्सर चेकजाँच ५५ जना, सामान्य चेकजाँच २४ जना र पाठेघर खसेका ६ जनालाई उपचारका लागि रिफर गरिएको छ ।
त्यस्तै ५ जना सम्भावित क्यान्सर पोजेटिभ महिलालाई मेसिनद्धारा उपचार गरिएको बताईएको छ । रिफर गरिएका ६ जनालाई उपचार खर्च सहीत युएनएफपीए र आड्राले सहयोग गर्ने भएको छ । भने उनीहरुको उपचार कोहोलपूर गरिने शाहले बताएका छन् ।
शिविरमा डाक्टर कृपा क्षेत्री, पूजा चौधरी, रुम थइनट, शैलेन्द्र पटेल, गौमुल गाउँपालिका स्वास्थ्य शाखाका ‘सी’ अनमी रमा थापा, युवराज जोशी, घट्मुना आधारभूत अस्पतालका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंमसेविका लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया