बाजुरा : गौमुल गाउँपालिका १ माडीकी २९ वर्षीया निशा बोहरालाई गत सोमबार सुत्केरी ब्याथाले च्यापेपछि महिलाहरुले बोकेर माडी सामुदायिक स्वास्थ्य ईकाईमा पुर्याए । दशैंको बेला भएकाले पुरुषहरु सबै पुजापाठमा गएका थिए । बोक्ने कोही नभएपछि गाउँकै महिलाहरुले स्टेचरमा बोकर निशालाई स्वास्थ्य संस्थामा पुगाएकी हुन् ।
गौमुलको सबै भन्दा दुर्गम मानिने उक्त ठाउँ सडकको पहुँच छैन् । गौमुल गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अनमी रमा थापा दशैंतिहारको विदामा गाउँमा गएकी थिइन् । सुत्केरी ब्याथाले च्यापेकी निशा पनि उनकै गाउँकी छिमेकी थिइन् । अनमी थापाले स्वास्थ्य संस्थामा चेकजाँच गरिन् । तर बच्चा भने उल्टो थियो ।
बच्चा आधि निस्किसकेको र टाउँको अट्किएकाले शिशु र आमा दुबैलाई बचाउँन निकै कठिन भयो । सडक सञ्जाल नभएका कारण रिफर गर्ने अवस्था थिएन् बोकेर जिल्ला अस्पताल मार्तडी पुर्याउनै घण्टौँ लाग्छ । जसका कारण बच्चा र आमालाई बचाउन कठिन हुने भएकाले सक्दो प्रयासमा लागिन्, शिशु बचाउन नसकेपनि आमालाई बचाउँने प्रयासमा लागेकी अनमी थापाले अन्तत दुबैको ज्यान बचाइन् ।
अनमी थापाको अथक प्रयासपछि निशाले ३ः४५ बजे छाेराकाे जन्म दिइन् । तर शिशुको अवस्था सामान्य देखिएन्, सामान्य अवस्था जस्तै शिशु रुने हात खुट्टाहरु चलाउने लक्षण देखिएन् । श्वास बन्द अवस्थामा थियो । निकै मेहनतका बाबजुत आमालाई बचाएकी अनमी थापाले बच्चालाई बचाउनु पर्छ भन्ने लाग्यो । निशाले गत वर्ष यस्तै घटनाले बच्चा गुमाएकी रहेछन् ।
आमा र शिशुलाई अस्पताला लैजान गाउँबाट गाउँपालिकाको केन्द्र, जहाँ ग्रामीण सडक सम्म पुर्याउनै करिब पैदल यात्रामा ४/५ घण्टा लाग्छ । त्यो पनि सम्भव थिएन । सबैलाई दशैंतिहार लागेको थियो । रमालाई भने आमालाई बचाईयो अब शिशुलाई कसरी बचाउँने चिन्ता बढ्दै थियो ।
मन आत्तिएको थियो । आँखा भरिब आँसु भरिएको थियो । शिशुलाईको आश पनि हराईसकेको थियो । अस्पताल लैजान प्रायः असम्भव भईसकेपछि रमासंग एक मात्र विकल्प थियो, कृत्रिम श्वास दिने । कुनै विकल्प नभएको अवस्थामा अनमी थापाले आफ्नो सेवा र अनुभवबाट शिशुलाई मुखबाट श्वास दिन थालिन् ।
दिनको ३ः४५ बजेदेखि श्वास निद थालेकी रमाले लगातार ५ घण्टा राति ९ बजेको समयमा शिशुले अलि हिरिक्क आवाज निकाल्यो । त्यसपछि थोरै आशा जाग्यो र मन खुशि जस्तै भएको अनमी थापाले बताएकी छन् ।
उनले भनिन् कृत्रिम श्वास दिँदै गएपछि बच्चाको श्वास र मुटुको धड्कन चल्न थाल्यो । आशा झन पलाउदै गयो । श्वास दिँदै गए राति ९ बजेबाट अलि अलि रुन र हात खुट्टा चलाउन थाल्यो । राति १० बजेबाट दुध चम्चा बाट खुवाउँदा निल्न सक्ने अवस्था सम्म पुग्यो ।
जब शिशु दुध खाने अवस्थामा पुगेपछि दशैंतिहारको खुशी भन्दा पनि बढी खुशिको महसुश भएको बताएकी छन् । उनका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको छ । बाजुरा जिल्लाको दुर्गम गाउँपालिका मध्ये गौमुल गाउँपालिका वडा नं.१ माडी सामुदायिक स्वास्थ्य ईकाई बिगत २ वर्ष देखि सेवा दिँदै आई रहेको छ । स्वास्थ्य संस्थाको आफ्नै भौतिक संरचना छैन ।
गाउँपालिका र वडा कार्यालयको समन्वयमा एउटा सार्वजनिक भवनको २ वटा कोठामा स्वास्थ्यकर्मीले सेवा दिई रहेका छन् । प्रयाप्त मात्रमा स्वास्थ्य संस्थाकै आफ्नै भवन नहुँदा पनि सेवा दिन कठिनाई भईरहेको अनमी थापाले बताएकी छन् ।
भौगोलिक विकटाताका कारणले दुर्गम क्षेत्रमा यस्ता स्वास्थ्य समस्या धेरैले भोग्नुपर्ने बाध्यता छ । सडकको पहुँच नहुँदा, आवश्यक संरचना, स्वास्थ्य उपकरण लगायतका समस्याका कारण ग्रामीण भेगमा निकै समस्या हुने गरेको छ ।
प्रतिक्रिया