काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले जापान विरुद्ध १० ओभरमा ७६ रन बनाएको छ। १० ओभरको खेलमा ३ विकेट गुमाउँदै ७६ रन बनाएको हो।
जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा १ विकेट गुमाउँदै ४५ रन बनाएको थियो। नेपालले ४.५ ओभरमा ओपनर ब्याटर कुशल भुर्तेलको विकेट गयो। उनले २१ बलमा ३ चौका सहित २१ रन बनाएर क्याच भए। ७.२ ओभरमा नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो।
आसिफले २१ बलमा १ चौका र ४ छक्कासहित ३८ रन बनाएर डगआउटमा फर्किए। जापानले तेस्रो विकेटका रूपमा सन्दीप जोराको विकेट गुमायो। सन्दीपले ५ रन बनाउँदै क्याच भए। नेपालका लागि हाल क्रिजमा कप्तान रोहित पौडेल ९ र कुशल मल्ल शून्यमा अविजित खेलिरहेका छन्। जापानका लागि शोमा सल्तारले २ विकेट लिँदा, रियो साकुरानो थोमसले १ विकेट लिए।
प्रतिक्रिया