बाजुरा ः गौमुल गाउँपालिका-६ बसाला, दाउँरेगाउँमा रहेको घटाल आधारभूत विद्यालयको आयोजना गरेको विजया दशमी तथा शुभदीपावलीको अवसरमा आयोजित साविकको टोल स्तरीय महिला पुरुष भलिबल प्रतियोगीतामा पुरुषतर्फ टाँडाकोट युवा क्लबले उपाधी हात पारेको छ ।
बाडी युवा क्लबलाई सोझो सेटले हराउदै टाँडाकोट युवा क्लबले उपाधी आफ्नो पोल्टोमा पारेको छ। फाइनल खेलमा बाडी युवा क्लब उपविजेता बनेको छ । तृतिय बसाला युवा क्लबले जित हात पारेको छ ।
महिलातर्फ प्रथम शान्तिटोल र दाउरेगाउँ, द्धितिय बसाला युवा क्लब ‘बी’ ले जित हात पारेको खेल संयोजक बीरबहादुर रोकायाले बताएका छन् ।
विद्यालय प्राङणमा विजया दशमी तथा शुभदीपावलीको पावन अवसरमा विविध साँस्कृतिक कार्यक्रम, महिला डेउडा प्रतियोगीता, विद्यालय सेवा क्षेत्र स्तरीय महिला पुरुष भलिबल प्रतियोगीता आयोजना समेत गरिएको थियो ।
प्रतिक्रिया