गाैमुल खबर डटकम शुक्रबार ३१, असोज २०८२ ११:०४

लिचिबारी जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जना विरुद्ध मुद्दा दायर, कसलाई कति बिगो माग ?

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २२, २०८२
लिचिबारी जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जना विरुद्ध मुद्दा दायर, कसलाई कति बिगो माग ?

काठमाडौं ः पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत विरुद्ध मुद्दा दायर गरेको हो ।

गुप्ता र श्रेष्ठ विरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ । त्यस्तै, यस प्रकरणमा मुछिएकाहरू अन्य रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुन विरुद्ध पनि मुद्दा दायर भएको छ । अधिकारी विरुद्ध ५३ लाख, गुरुङ विरुद्ध २५ लाख, बुढामगर विरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया