गाैमुल खबर डटकम मङ्गलबार २८, असोज २०८२ ०७:०१

बालेन र सुधन विरुद्ध कैलालीमा पनि किटानी जाहेरी, दर्ता हुन बाँकी

धनगढी
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २२, २०८२
बालेन र सुधन विरुद्ध कैलालीमा पनि किटानी जाहेरी, दर्ता हुन बाँकी

धनगढी ः काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङ विरुद्ध कैलाली प्रहरीमा पनि किटानी जाहेरी परेको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ ।

देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको खड्काले बताए । जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ ।

कैलालीका एसपी नरेन्द्र चन्दले केन्द्रको निर्देशन अनुसार अघि बढ्ने बताए । उनले भने, ‘केन्द्रमा पनि परेको छ । हामी अहिले बुझ्छौं केन्द्रमा कुरा गरेर अघि बढ्छौं ।’

प्रतिक्रिया