गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०२:२८

कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४७ पुग्यो, इलामका पीडितलाई राहत वितरणमा ढिलाइ

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २२, २०८२
कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४७  पुग्यो, इलामका पीडितलाई राहत वितरणमा ढिलाइ

सुनसरी : कोशी प्रदेशमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ। पछिल्लो जानकारी अनुसार इलाममा थप एक जनाको शव भेटिएपछि मृतकको संख्या ४७ पुगेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी  दीपक पोखरेलले जानकारी दिएका छन्।

उनका अनुसार सबैभन्दा बढी इलाममा ३९ जनाको मृत्यु भएको छ। पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २, खोटाङमा १ र भोजपुरमा १ जनाको मृत्यु भएको एसएसपी पोखरेलले बताए। इलामबाट एकजना बेपत्ता भएका छन्।

इलाममा नाडी तथा पहिरो पीडित परिवारले अझै राहत नपाएको गुनासो गरेका छन्। कोशी प्रदेश सरकारले पठाएको राहत सामग्री नेपाली सेनाको इलाम स्थित  ब्यारेक र माङसेबुङ–१ का वडाध्यक्षलाई मात्र उपलब्ध गराइएको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया