बाजुरा ः पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमको बाजुरासहित केही जिल्लामा भारी वर्षा जारी रहेको छ । यो बेला उच्च सर्तकता अपनाउन मौसमविद् रोजन लामिछानेले गौमुल खबर डटकमसंग कुरा गर्दै आग्रह गरेका छन् ।
यो बेला धान काट्ने लगायत अन्य कुनैपनि कार्य नगर्न समेत उनले आग्रह गरेका छन् । त्यस्तै एक ठाउँबाट अर्को ठाउँ आउजाउ समेत नगर्ने मौसमविद् लामिछानेको सुझाव रहेको छ ।
मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट बाहिरिसकेको र पश्चिम क्षेत्रमा पश्चिमी वायुको प्रभाव केही प्रभावले गर्दा केही दिन वर्षा हुने भएको छ । वर्षा हुने भएकोले सामान्य असर गर्ने भएकोले उच्च सर्तकता अपनाउन समेत मौसम विज्ञान विभागले अपिल गरेको छ ।
प्रतिक्रिया