गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ ०६:२१

वडाले आयोजना गरेको खुला भलिबल प्रतियोगिताको उपाधि संगम स्मृति क्लबले हात पार्याे

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १९, २०८२
वडाले आयोजना गरेको खुला भलिबल प्रतियोगिताको उपाधि संगम स्मृति क्लबले हात पार्याे

बाजुरा ःगौमुल गाउँपालिका-१ नम्बर वडा कार्यालयको आयोजनामा सम्पन्न महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि वडा नम्बर ६ सटेडामा रहेको संगम स्मृति युवा क्लबले जितेको छ ।

वडा कार्यालयले साविकको वडा स्तरीय भलिबल प्रतियोगीता आयोजना गरेको थियो । अम्लिस युवा क्लबलाई १३ अंकको अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टोमा पारेको हो ।

कडा प्रतिस्पर्धामा सम्पन्न फाइनल खेलमा अम्लिस युवा क्लब उपविजेता बन्न पुगेको हो । महिला समूहको प्रतियोगितामा स्वास्थ्य ईकाइ अम्लिसले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ ।

उपविजेता अम्लिसमै रहेको मिलन टोल गाउँले प्राप्त गरेको छ । त्यस्तै फुटबल प्रतियोगितामा मिलन टोल अम्लिसले उपाधी जितेको छ । ३-२ गोल अन्तरले असल छिमेकी टोललाई पछार्दै उपाधी जितेका हो ।

कार्यक्रमका अवसरमा क्षेत्रीय प्रशिक्षक दलबहादुर रोकाया र राष्ट्रिय फुटबल खेलाडी तथा मछिन्द्र क्लबबाट खेल्ने खेलाडी सन्देश रोकायालाई हौसला स्वरुप तीन हजार नगद सहित वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले सम्मान गरेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ ९ टोली र महिलातर्फ ११ टोलीको सहभागिता रहेको थियो । सम्पूर्ण खेलहरू लिक नकआउट प्रणालीमा सञ्चालन गरिएका थियो ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार नगद रु २५ हजार, द्धितिय पुरस्कार रु १२ हजार रहेको थियो । महिलातर्फ प्रथम पुरस्कार रु ७ हजार, द्धितिय पुरस्कार रु ५ हजार र फुटबल प्रतियोगितातर्फ प्रथम २० हजार र द्धितिय १० हजार पुरस्कारको राशी रहेको थियो ।

प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास आयोजकको रहेको वडा अध्यक्ष देवेन्द्रबहादुर रोकायाले बताएका छन् । 

खेल संयोजक जीवन कुमार रोकायाका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय खेल प्रतिभाहरूको पहिचान, प्रोत्साहन तथा आपसी सद्भाव सुदृढ गर्नु रहेको बताएका छन् ।

प्रतिक्रिया