गाैमुल खबर डटकम मङ्गलबार ०४, कार्तिक २०८२ ०७:४१

घटाल आधारभूत विद्यालयमा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १९, २०८२
घटाल आधारभूत विद्यालयमा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना

बाजुरा ः गौमुल गाउँपालिका-६ बसाला, दाउँरेगाउँमा रहेको घटाल आधारभूत विद्यालयको आयोजनामा यहीँ असोज २० गतेबाट बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

विद्यालय प्राङणमा विजया दशमी तथा शुभदीपावलीको पावन अवसरमा विविध साँस्कृतिक कार्यक्रम, महिला डेउडा प्रतियोगीता, विद्यालय सेवा क्षेत्र स्तरीय महिला पुरुष भलिबल प्रतियोगीता आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक चदाँराले बताएका छन् ।

हरेक वर्ष दशैं तथा शुभदीपालीको अवसरमा कार्यक्रमको आयोजना गर्दै आएको उक्त विद्यालयले यसवर्ष कार्यक्रमको मुख्य आर्कषणका रुपमा कलाकार ध्रुव विकका विशेष प्रस्तुती रहने प्रधानाध्याक हर्कबहादुर थापाले बताएका छन् ।

उक्त कार्यक्रममा स्थानीय कलाकार लक्ष्मी विकका समेत प्रस्तुती रहने बताईएको छ । कार्यक्रममा स्थानीय लोक संस्कृतिको जगेर्नाका लागि महिला पुरुषबीच बृहत् डेउडा घम्साघम्सी समेत आयोजना गरिएको छ । कार्यक्रम भव्य बनाउनका लागि सबैको उपस्थितिका लागि अनुरोध समेत गरिएको छ । 

No photo description available.

प्रतिक्रिया