गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:४२

निर्वाचन कार्यालय बाजुराले सार्वजनिक विदाको दिनमा पनि सेवा दिने

गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १९, २०८२
निर्वाचन कार्यालय बाजुराले सार्वजनिक विदाको दिनमा पनि सेवा दिने

बाजुरा : जिल्ला निर्वाचन कार्यालय बाजुराले सार्वजनिक विदाको दिनमा पनि सेवा दिने भएको छ । नेपाल सरकारले असोज १९ र २० गते वर्षाका कारण उत्पन्न हुनसक्ने बढीपहिरो, डुवान, भूक्ष्य लगायतका जोखिमको साथै सडक अवरुद्ध, हवाई, यातायात प्रभावित र मानवीय क्षति समेत हुनसक्ने सम्भावनालाई मध्येनजर गरी देशभर सार्वजनिक विदा दिएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराले भने सार्वजनिक विदाको दुबै दिन कार्यालय खुलासहित सेवालाई निरन्तरता दिईने सूचना मार्फत जानकारी गराएको छ । 

निर्वाचन कार्यालयले आज एक सूचना जारी गरी विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्य निरन्तर सञ्चालन रहने जानकारी गराएको छ । 

प्रतिक्रिया