गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०२:२७

शुक्रबारदेखिको भारी वर्षाका कारण अहिलेसम्म २० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १९, २०८२
शुक्रबारदेखिको भारी वर्षाका कारण अहिलेसम्म २० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं : शुक्रबार रातिदेखिको बर्षाका कारण देशभरमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको छ । राष्ट्रिय विदप् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अविरल बर्षपछिको बाढी तथा पहिरो र डुबानबाट अहिलेसम्म देशभरमा २० जनाको मृत्यु भएको हो ।

जसमा सबैभन्दा बढी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ भने उदयपुर र खोटाङमा एक एक जनाको मृत्यु भएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार इलाममा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

इलाममा भएका घाइतेको उद्दारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकोप्टर पुगिसकेको भए पनि मौसम प्रतिकुलताका कारण फर्किन कठिनाइ भइरहेको केसीले बताए । प्राधिकरणका देशका विभिन्न ठाउँमा ११ जना बेपत्ता रहेका छन् । जसमा सबैभन्द बढी इलाममा ७ जना र रसुवामा ४ जना बेपत्ता रहेका हुन् । यस्तै इलाममा नै २ जना घाइते भएका छन् ।

प्रतिक्रिया