बाजुरा : भारतको पिलिभित विसलपूरमा ट्रकले ठक्कर दिँदा बाजुराका एक जना युवकको घटनास्थलमै मुत्यु भएको छ । मुत्यु हुनेमा बडीमालिका नगरपालिका–४ का नरेन्द्र नाथ रहेका छन् ।
दिल्लीदेखि धनगढी आउँने क्रममा पिलिभित बिसलपूर भन्ने ठाउँमा सडकको साईडमा रोकेको ट्याक्सीको टायर बदल्ने क्रममा विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु पिलिभित थाना इन्चार्जले बताएको बस व्यवसायी गोरख विष्टले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
उनका अनुसार आफू प्रत्यक्ष घटनास्थलमा पुग्दा उनको मृत्यु घोषणा गरिसकेको थियो । मृतक नाथको भर्खर पोष्र्टमाटन सकेर धनगढी लगिएको छ । भने भोली विहान बाजुरा ल्याइँने बताईएको छ ।
प्रतिक्रिया