बाजुरा : बाजुराको बडीमाकिाल नगरपालिका-५ मनाकी १८ वर्षीया संगिता ल्वार १ महिनादेखि परिवारका सदस्यसंग सम्पर्कविहीन भएकी छन् । ल्वार भारतको नयाँ दिल्लीबाट भाद्र २० गतेदेखि सम्पर्कविहीन भएकी हुन् ।
लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले सामाजिक सञ्जाल मार्फत खोजी कार्यका लागि सार्वजनिक अपिल गरेका छन् । उनका बुबा गोरे ल्वारकाअनुसार भाद्र महिनादेखि टेलिफोन अथवा अन्य कुनैपनि माध्यमबाट छोरीले सम्पर्क गरेकी छैनन् ।
आफ्नो सवपरिवार ४ वर्षदेखि भारतमै रोजगारी गरेर बस्दै आएको र अहिले छोरीकै खोजी कार्यका लागि बाजुरा आएको बताएका छन् । भारतको सामापूरी सालीमार्गाजन शिरचोक भन्ने ठाउँबाट भाद्र २० गते साँझ ७ बजेको आसपासमा एक जना अपरिचित व्यक्तिले मोटरसाईकलमा लगेको १० वर्षका आफ्नो फुपूको छोराले देखेको र त्यो दिनदेखि सम्पर्कमा नआएको उनले बताए ।
उनकी आमा सूनतला ल्वारले भनिन् छोरीको खोजीकार्यका लागि भारत प्रहरीमा पनि खबर गरेका थियौँ । तर अहिलेसम्म कुनै जानकारी आएको छैन् । स्थानीय प्रशासन, भारतस्थित नेपाली दुतावास र भारतमा रहेका नेपाली संघसंस्थालाई पनि खोजी कार्यका लागि अपिल समेत गरेको उनले बताएकी छन् ।
बडीमालिका-५ का स्थानीयहरुले युवतीको खोजी कार्यको सामाजिक सञ्जाल मार्फत अभियाननै चलाएका छन् । युवती केहीकतै फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन वा परिवारलाई ९७६१२०८३७४ मा सम्पर्क गरिदिन आग्रह गरेको छ ।
प्रतिक्रिया