गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:४२

काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षा, भारी वर्षाको सम्भावना कहाँ-कहाँ छ ?

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज १८, २०८२
काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षा, भारी वर्षाको सम्भावना कहाँ-कहाँ छ ?

काठमाडौं : जल तथा मौसम विभागले नेपालमा बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। स्थानीय प्रशासनले  बिपी राजमार्ग, अरनिको राजमार्ग,  त्रिभुवन राजपथ, मुग्लिङ-नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, गल्छी-स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै रातिको समयमा यात्रा गर्न रोक लगाएको छ।

अविरल वर्षासँगै बाढी पहिरो र डुबानको खतरा रहेको भन्दै मौसम विभागले सबैलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। 

प्रतिक्रिया