गाैमुल खबर डटकम मङ्गलबार ०४, कार्तिक २०८२ ०७:३९

अम्लिसमा खुला फुटबल र भलिबल प्रतियोगीता आयोजना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज १७, २०८२
अम्लिसमा खुला फुटबल र भलिबल प्रतियोगीता आयोजना

बाजुरा ः गौमुल गाउँपालिका-१ अम्लिसमा साविकको वडा स्तरीय फुटलबल र भलिबल प्रतियोगीता आयोजना गरिएको छ । असोज १७ गतेदेखि वडा कार्यालयको खेल मैदानमा कार्यक्रमको आयोजना गरिएको खेल संयोजक जीवन कुमार रोकायाले बताएका छन् ।

बडा दशैंको पावन अवसर पारेर वडा कार्यालयको आयोजनामा कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताएका छन् । खेलाडीहरुलाई खेल क्षेत्रमा हौसला प्रदान गर्न तथा खेल क्षेत्रको विकासका लागि आयोजना गरिएको वडा अध्यक्ष रोकायाले बताएका छन् ।

प्रतियोगीतामा भलिबल प्रतियोगीतामा पुरुषतर्फ प्रथम पुरस्कार नगद रु २५,०००, दोस्रो पुरस्कार रु १२,००० रहेको छ भने पुरुषलाई तीन हजार र महिलालाई एक हजार टीम दर्ता शुल्क रहेको छ ।

पुरुष खुला फुटबल प्रतियोगीतामा प्रथम पुरकास्कार २० हजार द्धितिय पुरस्कार १० हजार राखिएको छ भने टीम दर्ताका लागि २ हजार ५ सय कायम गरिएको फुटलब खेलका संयोजक सरेश रोकायाले बताएका छन् । 

भूकम्प पीडितको सहयोगार्थ मैत्रीपूर्ण फुटबल

प्रतिक्रिया