गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:४३

धेरै स्थानमा वर्षा, रुकुम पश्चिममा २४ घण्टामा १४६.६ मिलिमिटर पानी पर्‍यो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज १३, २०८२
धेरै स्थानमा वर्षा, रुकुम पश्चिममा २४ घण्टामा १४६.६ मिलिमिटर पानी पर्‍यो

बाजुरा ः देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । गएरातिदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई ठाउँमा भारी वर्षा भएको छ ।

गत २४ घण्टाको कुरा गर्दा कर्णाली प्रदेशमा पर्ने रुकुम पश्चिमको बाँफीकोटमा सबैभन्दा धेरै १४६.६ मिलिमिटर वर्षा मापन भएको छ । गत ६ घण्टायता भने सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको बाह्रबिसेमा मापन भएको छ । त्यहाँ ६ घण्टाको अवधिमा ८२.२ मिलिमिटर वर्षा भएको छ ।

सिन्धुपाल्चोककै बाहुनेपाटीमा ४६.४, मानेखर्कमा ३८ र चन्द्रखुमा ३०.८ मिलिमिटर पानी परेको छ । यसैगरी दोलखामा ४१.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी गत ३ घण्टाको अवधिमा काठमाडौंको कपनमा २६ मिलिमिटर पानी परेको छ ।

यसैगरी बैतडीको गोकुलेश्वरमा २४ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी काभ्रेको धुलिखेलमा १२ मिलिमिटर वर्षा मापन भएको छ ।

यस वर्ष हिले दशैं हुने प्रक्षेपण

दशैंको तयारीमा जुटेकाहरुले वर्षाका कारण हैरानी व्यहोर्नु परेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आगामी दिनमा पनि पानी पर्ने सम्भावना कायमै रहेको बताएका छन् । त्यसैले यस वर्ष हिले दशैं हुने प्रक्षेपण उनीहरुले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले दशैं विशेष मौसम बुलेटिन जारी गर्दै अष्टमी, नवमी र दशमीको दिनमा पनि पानी पर्ने जनाएको छ । विभागका अनुसार अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिनमा धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया