गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३९
Dho
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ १३, २०८०
लेक लागेर एक जना तिर्थयात्रीको मृत्यु, एकको अवस्था गम्भीर

बाजुरा ः धार्मिक तथा पर्यटकीय बडीमालिकाको जात्रामा गएका एक जना तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिकाका–१ का २३ वर्षीय भरत बुढाको मृत्यु भएको हो । 
बडीमालिकाको दर्शनका लागि गएका बुढालाई अक्सिजन अभावका कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तिर्थयात्रीका  लागि संचालन गरेको मेडिकल क्याम्पसमा उपचारका क्रममा मंगलबार राति ८ बजेर ४२ मिनेटमा मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । 
उनले दिएको जानकारी अनुसार मृतक बुढालाई अक्सिजन अभावका कारण त्रिवेणी धाममा अचेत अवस्थामा फेला पारेपछि सेनाको मेडिकल क्याम्पमा उपचार गर्दागर्दै मृत्यु भएको बताएका छन् । यस्तै अक्सिजन अभावका कारण एक महिलाको सेनाको मेडिकलमा उपचारमा राखिएको छ । 
अक्सिजन अभावका कारण कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया ईश्वरी बोहरा रहेकी छन् । लेक लागेर अक्सिजन अभाव भएपछि बिरामी भएको नेपाली सेना बाजुराले जनाएको छ । बडीमालिकाको त्रिवेणीमा मृत्यु भएको बुढा र सिकिस्त बिरामी बोहरालाई ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम मार्तडी ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले बताएका छन् । 
अक्सिजन अभावका कारण घाइते भएका कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धार पछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भइसकेको छ ।  सेनाको हेलिकप्टरमा उद्धार गरिएका न्यौपाने अवस्था गम्भीर रहेको थियो । भने बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की झुपु धामीको सामान्य उपचारपछि घर फर्काइएको थियो ।
 

प्रतिक्रिया