बाजुरा : धनगढीबाट बाजुरा आउँदै गरेको बस दुर्घटना भएको छ । बस आज विहान ३ः१५ बजे सिलगढी डोटीको छाउनी पिपल नजिक दुर्घटना भएको हो ।
सुदूरपश्चिम यातायात खप्तड छेडेदह डिलक्स सु.प.प्र ०१००१ ख ३१०६ नम्बर बस दुर्घटना भएको बताईएको छ । बस अनियन्त्रित भई सडकको नालीमा खसेको छ । बसमा सवार यात्रुहरु सबै सकुशल रहेका बताईएको छ । भने बसमा सामान्य क्षति भएको छ ।
प्रतिक्रिया