बाजुरा ःविजया दशमीको अवसरमा गौमुल गाउँपालिका-६ सटेडामा संगम स्मृति युवा क्लवद्वारा आयोजित महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता आज एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ ।
कार्यक्रम क्लवका अध्यक्ष सुरेश रोकायाको अध्यक्षतामा सम्पन्न भएको हो भने, प्रमुख अतिथिका रूपमा गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलकबहादुर सिंह सहभागी थिए ।
उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा वडा नं. ६ का अध्यक्ष प्रकाश रोकाया, नेकपा एमाले जिल्ला कमिटी सदस्य गीता रोकाया, गाउँपालिका कमिटीका उपसचिव कलकबहादुर रोकाया, वडा नं. २ का कार्यबाहक अध्यक्ष प्रेम रोकाया लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम क्लवका सल्लाहकार दलबहादुर रोकायाको सञ्चालनमा सम्पन्न भएको हो । उद्घाटन समारोहमा स्थानीय भद्रभलाद्मी, खेलाडी तथा दर्शकको उल्लेख्य उपस्थिति थियो ।
प्रतियोगिता गौमुल गाउँपालिकाको खेलमैदानमा सञ्चालन गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ १७ टिम र महिला तर्फ ६ टिमको सहभागिता रहेको आयोजक तथा खेल संयोजक दलबहादुर रोकायाले जानकारी दिएका छन् ।
खेल नकआउट प्रणालीमा सञ्चालन गरिएको हो । आज सम्पन्न खेलहरूमा पुरुषतर्फ तल्लोदुगुनले पातेलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दाजुभाई ले डिभान्डीस माथि जित दर्ता गरेको छ ।
घाँगरले संगम (ए) लाई पराजित गरेको छ । महिलातर्फ साइनिङ क्लव बसालाले संगम स्मृति युवा क्लव माथि जित हात पारेको छ । अम्लिस क्लवले घट्मुना अस्पताललाई पराजित गरेको छ ।
आयोजकका अनुसार बाँकी खेलहरू शनिबार बिहान ७ बजेबाट सुरु हुनेछन् । साथै प्रतियोगितासंगै विविध साँस्कृतिक कार्यक्रम, डेउडा तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत समावेश गरिएको क्लवका सचिव सुरेन्द्र कुमार रोकायाले जानकारी दिएका छन् ।
प्रतियोगीतामा पुरुषतर्फ प्रथम पुरस्कार २१ हजार १ सय २१ द्धितिय ११ हजार १ सय २१ र तृतिय ५ हजार ५ सय २१ र महिलातर्फ प्रथम पुरस्कार ५ हजार ५ सय २१, द्धितिय ३ हजार ५ सय २१ र तृतिय पुरस्कार २ हजार १ सय २१ धनराशी रहेको छ ।
प्रतिक्रिया