गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:४०

बाजुरामा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज ०८, २०८२
बाजुरामा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

बाजुरा : बाजुरामा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाईते हुनेमा खप्तड छेडेदह गाउँपालिका-३ धनाल्तका भिम रावताकी ४५ वर्षीया श्रीमती जौकला रावत रहेकी छन् । आज दिउँसो गोरु, बाख्रा चराउन गएको अवस्थामा मेलागडेन भन्ने ठाउँमा जंगली भालुको आक्रमणबाट घाइते भएकी हुन् । 

भालुको आक्रमणबाट रावतको मुख, पाखुरा, खुट्टा, टाउँको र हातमा गहिरो चोट लागेको उनका आफन्तले बताएका छन् । घाइते रावतलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको छ । 

प्रतिक्रिया