गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:३६

कमजोर बन्यो मनसुनी वायु, आज कहाँ छ वर्षाको सम्भावना ?

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज ०७, २०८२
कमजोर बन्यो मनसुनी वायु, आज कहाँ छ वर्षाको सम्भावना ?

बाजुरा ः हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार मौसम प्रणालीमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार  दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मंगलबार राति देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया