गाैमुल खबर डटकम आइतबार ०२, कार्तिक २०८२ ०६:५८

तीन महिनादेखि अवरुद्ध मार्तडी-कोल्टी सडक सञ्चालन हुदैं

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज ०६, २०८२
तीन महिनादेखि अवरुद्ध मार्तडी-कोल्टी सडक सञ्चालन हुदैं

बाजुरा ः तीन महिनादेखि अवरुद्ध बाजुराको मार्तडी-कोल्टी सडकखण्ड खोल्ने कार्य सुरु गरिएको छ । वर्षामा विभिन्न ठाउँमा पहिरो तथा खोलाका कारण अवरुद्ध सडकखण्ड पुनः सञ्चालन गर्न लागिएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय साँफेबगर, बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको सहकार्यमा सडकखण्ड खोल्न सुरु गरिएको गौमुल खबर डटकमसंग कुरा गर्दै बताएका छन् ।

उनले हाल बुढीनन्दाको डोजर प्रयोग गरेर सडकखण्डका विभिन्न ठाउँमा खसेको पहिरो हटाउने कार्य भइरहेको भन्दै केही दिनमै सडक सुचारु हुने बताएका छन् । उता बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले दसैँको मुखमा कुन्नाबासीले ५ वटा गाडीको यात्रा गर्नुपर्ने बाध्यता भएको भन्दै पहिरो हटाएर सडक सुचारु गर्न पालिकाको डोजर प्रयोग गरिएको बताएका छन् ।

गत असार दोस्रो साताबाट मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको थियो । विभिन्न स्थानमा पहिरो तथा खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रुपमा अवरुद्ध भएर यातायात सेवा अवरोध भएको हो ।

सडकको बडीमालिका–७ को जिल्ली, रजातोली र ढम्कने भासु पातलमा पहिरो तथा बाउली, रजातोली, दानसाँघु लगायतका खोलामा पुल नहुँदा सडकखण्ड अवरुद्ध भएको छ । दसैँ सुरु भएसँगै अवरुद्ध सडकखण्ड खुलाउने कार्य पनि सुरु भएपछि आवतजावतमा सहजता हुने भएको छ ।

अहिले दसैँ–तिहार लागयतका चाडपर्व सुरु भएसँगै देशका विभिन्न शहर तथा रोजगारीका लागि भारत गएका नागरिकहरु धमाधम गाउँ फर्कन थालेका छन् । मार्तडी-कोल्टी सडकको बाटो भएर छिमेकी हुम्ला, मुगु, कालिकोट लगायतका जिल्लाका नागरिकहरु पनि सदरमुकाम मार्तडी हुदैँ सोही सडकखण्डबाट जाने गरेका छन् । सडक खोल्न सुरु भएपछि स्थानीय खुसी भएका छन् ।
 

प्रतिक्रिया